काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम पूर्वानुमानको सूचनालाई पालना गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
आज बिहान सााजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेअनुसार मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न तथा अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन् ।
‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं । अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछ,’ उनले फेसबुकमार्फत भनेका छन् ।
साथै प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन् ।
आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा ठूलो वर्षाको सम्भावना छ ।
यस्तो छ आज दिउँसो र रातिको मौसम :
