एक वर्षमा विराटनगरबाट ६ अर्ब २४ करोडको जुटका कपडा निकासी

अनलाइनसमय |
४ साउन २०८२
एक वर्षमा विराटनगरबाट ६ अर्ब २४ करोडको जुटका कपडा निकासी

काठमाडौं, ४ साउन । आर्थिक वर्ष (आव) २०८१/८२ विराटनगर भन्सारबाट ६ अर्बबढिको जुटका कपडा निकासी भएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत असार मसान्तसम्म ६ अर्ब २४ करोड ८८ लाख रुपैयाँ बराबरको १३ करोड २८ लाख ५ हजार ४४० वर्ग मिटर जुटका कपडा बाहिरिएको  हो ।

गत असारमा मात्रै ५८ करोड ६४ लाख रुपैयाँको १ करोड १८ लाख ११ हजार ६७२ वर्ग मिटर कपडा निकासी भएको तथ्याङ्क छ ।

आवको १२ महिनामा विराटनगर भन्सार कार्यालयले २ खर्ब ८३ अर्ब ४१ करोड ३७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जसमध्ये २ खर्ब ९ अर्ब ९९ करोड ८९ लाखको आयात हुँदा ७३ अर्ब ४१ करोड ४६ लाख रुपैयाँको मात्र निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस