काठमाडौं महानगरको छात्रवृत्ति नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

अनलाइनसमय |
४ साउन २०८२
काठमाडौं महानगरको छात्रवृत्ति नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं, ४ साउन । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र ०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

महानगरपालिकाले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिको लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो । त्यसको नतिजा केहीबेरअघि  प्रकाशन गरेको हो ।

शनिबार बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन भएको थियो । महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट १७ हजार २२९ जनाले परिक्षाका लागि आवेदन दिएका थिए, जसमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएका थिए । तीमध्ये १४ हजार १७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।

सो परीक्षाको नतिजा प्राप्त पासवर्ड र विवरणबाट लगइन गरी हेर्न सकिन्छ । साथै परीक्षार्थीहरूले आफ्नो रोल नम्बर, जन्म मिति र मोबाइल नम्बर प्रयोग गरी entrance.kathmandu.gov.np बाट स्कोर कार्ड हेर्न, डाउनलोड तथा प्रिन्ट गरेर हेर्न सक्नेछन् ।

महानगरले १६० संस्थागत विद्यालयहरूमा करिब ४ हजारभन्दा बढी छात्रवृत्ति सिटमा विद्यार्थी भर्ना गराउने छ । यी सिटहरूमा ४० प्रतिशत सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थी, ५ प्रतिशत संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थी, १४ प्रतिशत काठमाडौं महानगरका स्थायी बासिन्दा र एक प्रतिशत ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस