कस्तो रहला आज दिउँसो र रातिको मौसम ? (पूर्वानुमानसहित)

अनलाइनसमय |
५ साउन २०८२
कस्तो रहला आज दिउँसो र रातिको मौसम ? (पूर्वानुमानसहित)

काठमाडौं, ५ साउन । जल तथा मौसम विभागले आज दिउँसो बागमतीसहित चार प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

विभागले आज बिहान एक सूचना जारी गर्दै दिउँसो बागमती, गण्डकी लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ । अन्य प्रदेशमा भने दिउँसो केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ ।

विभागका अनुसार आज राति भने गण्डकी प्रदेश बाहेक सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकीमा आज राति केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको विभागले जनाएको छ ।

अहिले देशभर साधारणतया बदली रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस