८२ प्रतिशतले बढ्यो निर्यात, करिब २१ खर्बको व्यापार

अनलाइनसमय |
६ साउन २०८२
८२ प्रतिशतले बढ्यो निर्यात, करिब २१ खर्बको  व्यापार

काठमाडौं, ६ साउन । आर्थिक वर्ष (आव) २०८१/८२ मा करिब २१ खर्बको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागका अनुसार गत असार मसान्तसम्ममा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा १९ दशमलव २४ प्रतिशत बढी हो । अघिल्लो आवको १२ महिनामा १७ खर्ब ४५ अर्ब ५३ करोड रुपैयाँको व्यापार भएको थियो ।

गत असारसम्ममा १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँको आयात भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १३ दशमलव २५ प्रतिशत धेरै हो । सो आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको भित्रिएको थियो । यसैगरी निर्यात ८१ दशमलव ८० प्रतिशतले बढेको छ । अघिल्लो आवको असारसम्ममा १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको निर्यात भएकोमा गत आवको सोही अवधिमा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको भएको छ ।

आवको १२ महिनामा नेपाललाई १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा भएको छ । गत आवमा यस्तो घाटा १४ खर्ब ४० अर्ब ६० करोड भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस