नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आजदेखि आवेदन खुल्यो

अनलाइनसमय |
६ साउन २०८२
नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आजदेखि आवेदन खुल्यो

काठमाडौं, ६ साउन । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अर्थात १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ बराबको १०ः३.४७८३ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ ।

यस अनुसार इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ३० गते बुकक्लोज गरेको थियो । तसर्थ जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । सो हकप्रद शेयर खरिदका लागि साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस