यी हुन् व्यापार बचत र घाटामा रहेका प्रमुख १० मुलुक, कहाँबाट कति भयो आयात– निर्यात ?

अनलाइनसमय |
६ साउन २०८२
यी हुन् व्यापार बचत र घाटामा रहेका प्रमुख १० मुलुक, कहाँबाट कति भयो आयात– निर्यात ?

काठमाडौं, ६ साउन । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा नेपालले विश्वका १६४ मुलुकसँग व्यापार गरेको छ । तर, यीमध्ये अधिकांश मुलुकसँगको व्यापार नेपालको पक्षमा छैन । १६४ मुलुकसँग व्यापारिक साझेदार हुँदा ३७ मुलुकसँग मात्रै व्यापार बचतमा छ । बाँकी सबै मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आवमा व्यापार बचतमा रहेका मुलुकमध्ये सबैभन्दा अगाडि अफगानस्तान छ । सो अवधिमा नेपाल अफगानस्तानसँग ६८ करोड ६१ लाख रुपैयाँभन्दा बढीको बचतमा छ । साउन–असारसम्ममा नेपालले अफगानस्तानतर्फ ७७ अर्ब ४ करोड मूल्य भन्दा बढीको वस्तु निर्यात गरेको छ भने ८ अर्ब ४२ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

अफगानस्तानपछि नेपालको व्यापार डेनमार्कसँग सबैभन्दा धेरै बचतमा छ । गत आवमा नेपालले डेनमार्कतर्फ ७० करोड १५ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ भने त्यहाँबाट ३६ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, अर्थात असारसम्ममा डेनमार्कसँगको व्यापारमा नेपाल ३३ करोड ८९ लाख रुपैयाँले बचतमा छ ।

नेपालको व्यापार बचतमा रहेको तेस्रो मुलकका रुपमा रुस रहेको छ । आव २०८१/८२ मा नेपाल रुससँग ७ करोड ७४ लाख मूल्य बराबरको बचतमा छ । सो अवधिमा नेपालले रुसतर्फ १८ करोड ४९ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको छ भने १० करोड १० लाख मूल्य बराबरको वस्तु आयात गरेको छ ।

यसैगरी गत आवमा १६४ मुलुकसँग व्यापार गरेको नेपालले १२७ सँग घाटा बेहोरेको छ । नेपालले छिमेकी मुलुक भारत र चीनसँग सबैभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । भारतसँग ८ खर्ब ४६ अर्ब ५१ करोड रुपैयाँभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । साउन–असारसम्ममा भारतबाट नेपालमा १० खर्ब ७१ अर्ब १९ करोड करोड मूल्य बराबरको वस्तु आयात हुँदा भारततर्फ २ खर्ब २४ अर्ब ६८ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । अर्थात नेपालले वैदेशिक व्यापारमा बेहोरेको कुल घाटामध्ये ५५ दशमलव ४३ प्रतिशत भारतसँगै छ ।

त्यस्तै चीनसँगको व्यापारमा पनि नेपालले तीन महिनामा ३ खर्ब ३८ अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । गत आवमा नेपालले चीनबाट ३ खर्ब ४१ अर्ब १० करोड मूल्य बराबको वस्तु आयात गरेको छ भने चीनतर्फ नेपालले २६ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात गरेको छ ।

नेपालले व्यापार घाटा बेहोरेको मुलुकमध्ये तेस्रोमा अर्जेन्टिना रहेको छ । आाव २०८१/८२ मा नेपालले अर्जेन्टिनाबाट ९९ अर्ब ३० करोड मूल्य बराबरको वस्तु आयात गर्दा त्यसतर्फ भने ३३ करोड रुपैयाँका मात्रै निर्यात गरेको छ ।

त्यस्तै नेपाल युक्रोनसँग २४ अर्ब ९० करोड, सयुक्त अरब इमिरेट्स(युएई)सँग २२ अर्ब ३१ करोड र अष्ट्रेलियासँग १७ अर्ब ९४ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहेरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस