ठमेलबाट २ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

अनलाइनसमय |
६ साउन २०८२
ठमेलबाट २ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, ६ साउन । ठमेलबाट दुई केजी सुनसहित चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।

उनीहरूलाई सोमबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्याठास्थित चिनियाँ नामको होटलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट २४ लाख नगद समेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस