छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद शेयर लिलामीमार्फत् बिक्री गरिने

अनलाइनसमय |
७ साउन २०८२
छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद शेयर लिलामीमार्फत् बिक्री गरिने

काठमाडौं, ७ साउन । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्दा बाँकी रहेका २ लाख ९८ हजार ८३२ कित्ता शेयर अब लिलामीमार्फत बिक्रीमा ल्याउन लागेको हो ।

शेयर खरिदमा इच्छुक लगानीकर्ताले साउन १४ गतेदेखि साउन २१ गतेभित्र शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ । लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले त्यस मूल्य वा सोभन्दा बढी अंकित मूल्यमा बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्ताबाट आवेदन दिन सकिनेछ भने अधिकतम कित्ताको सीमा नराखिएको कम्पनीले जनाएको छ ।

यो लिलामीको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले राजधानीमा रहेको बिक्री प्रबन्धक कार्यालय बाहेक ग्लोबल आइएमई बैंकका देशभरका बिर्तामोड, विराटनगर (हनुमानदास रोड), जनकपुर, वीरगञ्ज (आर्दशनगर), हेटौँडा, नारायणगढ, पोखरा (न्यूरोड), बुटवल (मिलनचोक), बागलुङ, नेपालगञ्ज (त्रिभुवन चोक), सुर्खेत, घोराही–दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयहरूमार्फत पनि आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस