काठमाडौं, ७ साउन । नेपाल बीमा प्राधिकरणकी संचालक राधा पोखरेलले पदभार सम्हालेको पाँच महिनामै राजीनामा दिएकी छन् । पोखरेलले व्यक्तिगत कारण देखाउँदै आफ्नो राजीनामाको पुष्टि गरेकी हुन् ।
गत चैत १ गते अर्थमन्त्रीको निर्णयअनुसार पोखरेललाई चार वर्षका लागि संचालकमा नियुक्त गरिएको थियो । तर कार्यकाल सुरु भएको छोटो समयमै उनले पदत्याग गरिन् ।
उनको नियुक्ति सुरु देखिनै विवादमा तानिएको थियो । बीमा क्षेत्रको नियमावलीको अपव्याख्या गरिएको भन्दै राजनीतिक दबाबमा गरिएको नियुक्ति भएको आलोचना भइरहँदा पोखरेल निरन्तर विवादमा थिइन् ।