यी हुन् व्यापार बचतमा रहेका १३ वस्तु, कार्पेटदेखि मासुसम्म

अनलाइनसमय |
७ साउन २०८२
यी हुन् व्यापार बचतमा रहेका १३ वस्तु, कार्पेटदेखि मासुसम्म

काठमाडौं, ७ साउन । पछिल्लो समय बढिरहेको आयातसँगै व्यापार घाटा चुलिंदै गएको छ । नेपालले गत आर्थिक वर्ष (आव) २०८१/८२ मा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ, जसमध्ये १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँको व्यापार घाटा बेहोर्‍यो । सो अवधिमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा २ खर्ब ७७ अर्ब ३ करोडको मात्र निर्यात गर्न सक्यो । अघिल्लो वर्षको भन्दा आयात १३ दशमलव २५ प्रतिशत र व्यापार घाटा ६ प्रतिशतले बढेको छ ।

यसरी बढिरहेको आयात र कमजोर निर्यातका बाबजुत पनि १३ वटा वस्तुको वैदेशिक व्यापारमा भने नेपाल बचतमा रहेको छ । हाल नेपालले ९७ समूहका वस्तुको व्यापार गरेकोमा बाँकी सबै समूहका वस्तुमा नेपालले घाटा बेहोरिरहेको छ ।

गत आवमा कार्पेट, तरकारी तथा फलपूmल, काठका सामानहरू, कफी, चिया र चियामसला, छालाजन्य कच्चापदार्थ, कोइलालगायतका वस्तुहरुको व्यापारमा नेपाल बचतमा रहेको छ ।

विभागका अनुसार आव २०८१/८२ मा नेपाल कार्पेट तथा गलैँचाको व्यापारमा सबैभन्दा धेरै बचतमा देखिन्छ । सो अवधिमा नेपालले १२ अर्ब २५ करोड ३२ लाख रुपैयाँबराबरको कार्पेट तथा गलैँचा निर्यात गर्दा ५७ करोड ७८ लाख बराबरको मात्र आयात गरेको छ । अर्थात उक्त वस्तु व्यापारमा नेपाल ११ अर्ब ६७ करोड रुपैयाँले बचतमा छ ।

यस्तै तरकारी तथा फलफूलजन्य समूहका वस्तुको व्यापारमा पनि नेपाल बचतमा रहेको छ । गत आवमा तरकारी, फलफूल, बदाम तथा बोटबिरुवाका अन्य भागबाट बनेका परिकारहरूको व्यापरमा नेपाल ५ अर्ब ३५ करोड रुपैयाँले बचतमा छ । सो अवधिमा नेपालले यो समूहको वस्तु ७ अर्ब ७४ करोड २७ लाख रुपैयाँ बरोबरको निर्यात गरेको छ भने २ अर्ब ३८ करोड ४३ लाखको आयात गरेको छ ।

त्यस्तै काठ तथा काठबाट बनेका समान र कोइलाको व्यापारमा ४ अर्ब ६१ करोड र फेल्टको व्यापारमा ३ अर्ब ६३ करोडले बचतमा छ ।

कफी, चिया र चियामसला, वनस्पतिद्वारा निर्मित वस्तुको व्यापारमा पनि नेपाल बचतमा रहेको छ । यो वर्ष नेपालले १३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कफी, चिया र मसला निर्यात गरेको छ भने ६ अर्ब ६६ करोडको वनस्पतिजन्य वस्तु निर्यात गरेको छ ।

नेपालको व्यापार नाफामा रहेका वस्तुहरू :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस