काठमाडौं, ७ साउन । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२÷४÷२ देखि लागु हुने गरी पेस गरेको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै चीन सरकारबाट बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले विश्व बैँकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैँकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने लगायतका १० निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू :
