एक वर्षमै भित्रियो साढे ७ अर्बको लसुन

अनलाइनसमय |
७ साउन २०८२
एक वर्षमै भित्रियो साढे ७ अर्बको लसुन

काठमाडौं, ७ साउन । गत आर्थिक वर्ष (आव २०८१/८२ मा लसुन आयात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आव २०८१/८२ मा ७ अर्ब ४९ करोड ९२ लाख मुल्य बराबरको ५५ हजार ५९३ टन लसुन आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २०२ दशमलव ०१ प्रतिशतले बढी हो । आव २०८०/८१ मा २ अर्ब ४८ करोड ३० लाख मूल्य बराबरको १८ हजार ६०५टन लसुन आयात भएको थियो ।

आव २०७८/७९ मा १ अर्ब २४ करोड ८ लाख रुपैयाँ बराबरको १० हजार ४९६ टन लसुन आयात भएको थियो । यो वर्ष लसुन आयात घटेको तथ्याङ्कले देखाएता पनि यसका पछिल्ला वर्षमा लसुन आयात लगातार बढिरहेको छ ।

२०७९/८० मा असुन आयात सामान्य वृद्धि भएको थियो । सो वर्ष १ अर्ब २४ करोड ६४ लाख मुल्य बराबरको १० हजार ४३५ टन लसुन आयात भएको थियो । गत आवमा भने लुसुनको आयात अस्वभाविक रुपमा बढेको छ ।

गत आवमा आयात भएको लसुनमध्ये अधिकाशं चिनियाँ रहेको छ । चीनबाट मात्रै जेठसम्ममा ६ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ बराबरको ११ हजार ९१७ टन लसुन नेपाल भित्रिएको छ । आव २०८०/८१ मा चीनबाट २ अर्ब २३ करोड ५६ लाख रुपैयाँ बराबरको १७ हजार ११६ लसुन आयात भएको थियो ।

त्यस्तै आव २०८१/८२ मा नेपाले भारतबाट ५१ कोड ३९ लाख मूल्य बराबरको ३ हजार ६७५ टन लसुन आयात गरेको छ । अघिल्लो वर्ष भारतबाट २४ करोड ७३ लाख रुपैयाँ बराबरको १ हजार ४८९ लसुन आयात गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस