आज तोलामा २४ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
८ साउन २०८२
आज तोलामा २४ सयले घट्यो सुनको मूल्य

काठमाडौं, ८ साउन । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको छ । अघिल्ल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन बुधबार सुन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस