ब्रोकर कम्पनीहरूले गरे ४२ खर्बबढिको शेयर कारोबार, नासा सेक्युरिटीज सबैभन्दा अगाडि

अनलाइनसमय |
८ साउन २०८२
ब्रोकर कम्पनीहरूले गरे ४२ खर्बबढिको शेयर कारोबार, नासा सेक्युरिटीज सबैभन्दा अगाडि

काठमाडौं, ८ साउन । ब्रोकर कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०८०/८१ मा ४२ खर्बबढिको शेयर कारोबार गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार गत आवमा देशभरका ९२ वटा ब्रोकर कम्पनीहरूले ४२ खर्ब १२ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेका हुन् ।

सो अवधिमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटीज लिमिटेड शीर्ष स्थानमा छ । नासाले एक वर्षमा मात्रै २ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ, जसमध्ये १ खर्ब २९ अर्ब १ करोड ८९ लाखको बिक्री गरेको छ भने १ खर्ब २९ अर्ब ४० करोड १८ लाख रुपैयाँको खरिद गरिएको हो ।

यसपछि ब्रोकर नम्बर ४५ अर्थात् इम्पेरियल सेक्युरिटीजले ८३ अर्ब २१ करोड ५५ लाख रुपैयाँको शेयर बिक्री गर्दा ८७ अर्ब ७ करोड ४१ लाख रुपैयाँको खरिद गरेको छ । कम्पनीले कूल १ खर्ब ७० अर्ब २८ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार गरेको तथ्यांक छ ।

यस्तै भिजन सेक्युरिटीज (३४) १ खर्ब ५७ अर्ब २ करोड ४२ लाख, शनि सेक्युरिटीज (४२) १ खर्ब ४५ अर्ब २६ करोड ८० लाख र अनलाइन सेक्युरिटीज (४९) ले १ खर्ब ३९ अर्ब ४७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।

गत आवमा सबैभन्दा कम कारोबार गर्ने कम्पनीको सूचीमा ब्रोकर नम्बर ७३ अर्थात् मनि वल्र्ड शेयर एक्सचेञ्ज रहेको छ । यसले जम्मा १२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार गरेको छ, जसमध्ये ५ करोड ५७ लाखको बिक्री र ७ करोड १९ लाखको खरिद गरेको हो ।

त्यस्तै पहि इन्भेष्टमेन्ट (७९) ले १९ करोड २८ लाखको बिक्री र २० करोड ९४ लाखको खरिद गरी कूल ४० करोड २२ लाख रुपैयाँको कारोबार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस