बेपत्ता रूसी विमान दुर्घटनाग्रस्त फेला, कोही पनि जिवित रहेनन्

अनलाइनसमय |
८ साउन २०८२
बेपत्ता रूसी विमान दुर्घटनाग्रस्त फेला, कोही पनि जिवित रहेनन्

काठमाडौं, ८ साउन । रूसमा बेपत्ता भएको विमान दुर्घटनाग्रस्त फेला परेको छ । बिहीबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन–२४ जहाज आमुर क्षेत्रको टिन्डाबाट केही माइल पर पुगेपछि सम्पर्कविहीन भएको थियो ।

उक्त जहाज उक्त जहाज दुर्घटना भएको भेटिएको रूसी समाचार संंस्था तासले जनाएको छ । टिन्डाको विमानस्थलबाट केही माइल वर भिरालो जंगलमा जहाज दुर्घटनाग्रस्त भेटिएको हो ।

टिन्डा विमानस्थल निर्देशकका अनुसार विमान जमिनमा ठोक्किएपछि आगो लागेको थियो । त्यसपछि घटनास्थल माथिबाट खोजी गर्न गएका एमआई–८ हेलिकप्टरका चालक दलले जीवित व्यक्ति नभएको देखिएको बताएका छन् ।

विमानमा झण्डै ४९ जना सवार थिए । हाल उद्धार टोलीले घटनास्थलमा खोजी तथा अनुसन्धानको काम जारी राखेको छ । दुर्घटनाको कारणबारे हालसम्म स्पष्ट जानकारी आएको छैन ।

अधिकारीहरूले घटनालाई अत्यन्त दुःखद बताउँदै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस