काठमाडौं, ८ साउन । काठमाडौंको चन्द्रगिरि नगरपालिका–११ सतुङ्गलबाट झण्डै ६ केजी चरेससहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका–२ घर भएका ३९ वर्षीया पार्वती मगर रहेकी छन् । उनलाई बुधबार राति प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।