आज दिउँसो बागमती र गण्डकीका केही स्थानमा धेरै पानी पर्ने

अनलाइनसमय |
९ साउन २०८२
आज दिउँसो बागमती र गण्डकीका केही स्थानमा धेरै पानी पर्ने

काठमाडौं, ९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सौ मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

अहिले कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भईरहेको छ । कोशी, मधेश प्रदेश र बागमती प्रदेश लगातय देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागका आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बागमती र गण्डकी प्रदेशका पहाडी भु–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशीको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तो छ आज दिउँसो र रातीको मौसम :

May be a graphic of map and text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस