काठमाडौं, नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ ।
केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै ५० रुपैयाँ दरका ४२ करोड नयाँ बैंकनोट छपाइ तथा आपुर्तिका लागि बोलपत्र आह्वान गरेको हो छ ।
नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट राष्ट्र बैंकले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ । इच्छुक आपूर्तिकर्ताले २०२५ सेप्टेम्बर ७ तारिखसम्म मुद्रा व्यवस्थापन विभाग थापाथलीमामा बोलपत्र पेस गर्न सक्नेछन् ।
प्रतिबोलपत्र २० हजार रुपैयाँ अथवा १४६ अमेरिकी डलर, १२६ युरो वा १०९ पाउन्ट स्टेर्लिङ लाग्ने राष्ट्र बैंकले जनाएको छ ।
