‘थाइ फ्लेभर्स इन द हिमालयज’ मेलामा थाइल्यान्डको स्वाद

अनलाइनसमय |
१० साउन २०८२
‘थाइ फ्लेभर्स इन द हिमालयज’ मेलामा थाइल्यान्डको स्वाद

काठमाडौं, १० साउन । ‘थाइ फ्लेभर्स इन द हिमालयज भाटभटेनी थाइ फेयर’ मेला नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा सम्पन्न भएको छ । थाइल्यान्डका स्वाद, संस्कार र उत्पादनहरू नेपाली उपभोक्तासमक्ष प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

मेलाको उद्घाटन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गरिन् । कार्यक्रममा नेपालका लागि थाइल्यान्डका राजदूत सुवाफोङ सिरिसोर्न, विभिन्न देशका कूटनीतिक प्रतिनिधि, भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुङ लगायत व्यक्तिको उपस्थिति थियो ।

मन्त्री डा. राणाले नेपाल–थाइल्यान्ड सम्बन्ध ऐतिहासिक र सांस्कृतिक रूपमा नजिक रहेको उल्लेख गर्दै, पाहुनाको सत्कार, धार्मिक विविधता, सहिष्णुता र पर्यटन जस्ता साझा मूल्यहरू दुवै देशमा विद्यमान रहेको बताइन् ।

मेलामा थाई खानाका विभिन्न परिकार, मसला, पेय पदार्थ तथा अन्य थाइल्यान्डी सामग्रीहरू प्रदर्शनमा राखिएका थिए । उपभोक्ताहरूले थाई स्वाद अनुभव गर्न पाउनुका साथै छुटमा सामान खरिद गर्ने अवसर पाए ।

‘थाई खाना अलिकति मिठास र मसला बढी भए पनि स्वादिलो लाग्यो,’ करुणा तुलाधारले प्रतिक्रिया दिइन् । रमिला पाण्डेले नयाँ स्वाद चाख्न पाएकोमा उत्साह व्यक्त गर्दै मेलालाई रमाइलो अनुभव भएको बताइन् ।

थाइ उत्पादन र संस्कृतिको प्रवद्र्धन गर्नुका साथै नेपाल–थाइल्यान्डबीचको व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यसहित गरिएको मेलालाई सफल र सकारात्मक प्रतिक्रिया मिलेको आयोजक पक्षले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस