ज्योति विकास बैंकको १७औँ वार्षिकोत्सव सम्पन्न

अनलाइनसमय |
९ साउन २०८२
ज्योति विकास बैंकको १७औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं, ९ साउन । ज्योति विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव सम्पन्न गरेको छ । विसं २०६५ सालमा स्थापना भएको बैंकले आज (साउन ९ गते) १७ वर्ष पार गरि १८औं वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा बैंकका उच्च पदाधिकारी, कर्मचारी, ग्राहक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममार्फत बैंकले विगत १७ वर्षको यात्रामा ग्राहकहरूको निरन्तर साथ, विश्वास र समर्थनका लागि आभार प्रकट गरेको छ ।

बैंकले वार्षिकोत्सवसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरता प्रवद्र्धनका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ । यस्तै ‘सशक्त संस्था, सशक्त समुदाय’ भन्ने नाराका साथ आगामी दिनमा अझ प्रभावकारी ढंगले सामाजिक क्षेत्रमा योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ ।

बैंकले वार्षिकोत्सवको दिन २४थ७ उपलब्ध एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ, जसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकहरुलाई बैंकिङ्ग जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्नेछ । यसले बैंकको डिजिटल ग्राहक सेवा थप सशक्त बनाउने विश्वास लिइएको छ ।

त्यस्तै बैंकले ‘इन्टर बैंक टेलर क्यूआर’ सेवा सुरू गरेको छ । यस सेवामार्फत खाता नभएका व्यक्तिहरुले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ्ग एप वा खल्ति वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहज रूपमा नगद झिक्न सक्नेछन्, जुन सेवा विशेषगरी एटिएम वा सम्बन्धित शाखा पायक नपर्ने अवस्थाहरूमा निकै उपयोगी हुनेछ ।

विगत केही वर्षयता ज्योति विकास बैंकले डिजिटल सेवा, ग्रामीण पहुँच विस्तार, साना तथा मझौला उद्यममा लगानी र महिला उद्यमशीलता प्रवद्र्धनमा विशेष प्राथमिकता दिँदै आएको छ । हाल बैंकले देशभर विभिन्न शाखाहरू, एटिएम तथा शाखारहित बैंकिङ सेवामार्फत लाखौं ग्राहकलाई सेवा दिँदै आएको छ ।

बैंकको नेतृत्वले आगामी वर्षहरूमा अझ नवप्रवर्तनात्मक, समावेशी र दिगो वित्तीय सेवा प्रदान गर्दै अघि बढ्ने योजना रहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस