सभामुख घिमिरे आज साँझ जेनेभा जाँदै

अनलाइनसमय |
११ साउन २०८२
सभामुख घिमिरे आज साँझ जेनेभा जाँदै

काठमाडौं, ११ साउन । सभामुख देवराज घिमिरे आज स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन् । उनी आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्ने छन् ।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा सहभागी हुनका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।

घिमिरेले उक्त सम्मेलनमा हुने पहिलो सेशनमा ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र दोस्रो सेशनमा ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ विषयमा सम्बोधन गर्नेछन् । सभामुखहरूको सम्मेलन प्रत्येक ५÷५ वर्षमा हुने गर्छ । उक्त सम्मेलन यही साउन १३ देखी १५ गतेसम्म हुँदैछ ।

सभामुख घिमिरेलेआफूले गर्न लागेको भ्रमणारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस