३ हजार बिन्दु नाघेर फर्कियो नेप्से, २६.५७ अर्बको कारोबार

अनलाइनसमय |
११ साउन २०८२
३ हजार बिन्दु नाघेर फर्कियो नेप्से, २६.५७ अर्बको कारोबार

काठमाडौं, ११ साउन । विगत आठ दिन यता यस लगातार बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताको पहिलो कारोबार दिन नै दोहोरो अङ्कले घटेको छ । आज कारोबार सुरु भएको २६ मिनेट मै परिसूचक ३,००० बिन्दु पार गरेको थियो । १२ बजेर ५२ मिनेट जाँदा परिसूचक ३ हजार १२ को बिन्दुमा पुगिसकेको थियो, तर त्यसयता घट्दै बन्द भएको हो ।

आज नेप्से परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर २ हजार ९६४ दशमलव २० को बिन्दुमा बन्द भएको छ ।

आइतबार नेप्से घटे पनि कारोबार रकम भने उल्लेख्य बढेको छ । गत बिहीबार १८ अर्ब ४९ करोडको कारोबार भएकोमा आज २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत वर्षको भदौ २ यताकै उच्च हो । त्यसदिन २८ अर्ब ८३ करोडको कारोबार भएको थियो ।

आज यस दिन ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर २ लाख ३ हजार ६५८ पटक किनबेच भएको छ ।

आइतबार ३२३ धितोपत्र कारोबारमा आए, जसमध्ये १८६ धितोपत्रको मूल्य घटेको भने ६३ धितोपत्रको मूल्य बढेको छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक घट्दा ५ समूहको उपसूचक बढेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ । त्यस्तै होटल एन्ड टुरिजमको १.७९, लगानी समूहको १.६६, जीवन बीमाको १.३५, हाइड्रोपावरको १.०९, बैंकिङको ०.७१,निर्जिवन बीमाको ०.६७ र अन्य समूहको उपसूचक ०.८६ प्रतिशतले बढेको छ ।

आज विकास बैंक, उत्पादनमुलक समूह, व्यापार लगायतका समूहको उपसूचक बढेको छ ।

आइतबार समता घरेलु लघुवित्त रु ट्रेड टावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सान्भी इनर्जीको ९.९८ प्रतिशत, लुम्बिनी विकास बैंकको ८.४७, लक्ष्मी उन्नती कोषको ७.८३, ग्रिन भेन्चर्सको ६.२९ र सगरमाथा जलविद्युत कम्पनीको ६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै ६.३४ प्रतिशतले घटेको छ । त्यस्तै, राप्ती हाइड्रोको ४.९९, बुटवल पावरको ४.११ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस