कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

अनलाइनसमय |
१२ साउन २०८२
कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

काठमाडौं, १२ साउन । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ ।

अमेरीकाको न्युयोर्क स्थीत ‘हामी नेपाली ग्लोवल संस्था’ले घिसिङलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

हाल घिसिङ अमेरिका, वेलायत र युरोपलगायत मुलुकको भ्रमणमा छन् । त्यहाँ रहेका नेपाली संघसंस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुन उनि गत शुक्रबार त्यसतर्फ गएका थिए । उनको यो भ्रमण आगामी एक महिना सम्म चल्ने छ ।

नेपालमा लोडसेडिङ अन्त्य गरी विद्युत् सुधारमा नेतृत्वदायी भूमिका निर्वाह गरेका घिसिङको योगदान प्रवासी नेपालीहरू माझ पनि प्रशंसित हुँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस