काठमाडौं, १२ साउन । नेपालमा कार्यान्वयनमा रहेको (एमसीसी) लाई अमेरिकाले निरन्तरता दिएको छ ।
अर्थ मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै एमसीसी नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको जनाएको छ ।
अमेरिकी सहायतता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को मिति २०८१ चैत २२ गतेको पत्रानुसार नेपाल सरकार र उक्त निकायबीच सम्बत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएको थियो ।
एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको थियो ।
नेपाल सरकार तथा एमसीसीबीच वि.स. २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार एमसीसी अमेरिकी सरकारबाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग प्राप्त गर्ने योजना हो । तर, प्रसारण लाइनमा निर्माणका लागि लागत बढ्ने भएपछि एमसीसीको बोर्डले गत २ जनवरी २०२५ मा थप ५ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । त्यस विषयमा एमसीसीले अमेरिकी कंग्रेसलाई जानकारी समेत गराइसकेको छ ।
यसमा थप १९ करोड ७० लाख अमेरिकी डलर नेपाल सरकारले योगदान गर्ने सम्झौतामा उल्लेख छ । उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गर्ने उल्लेख गरिएको छ ।
