तोलामा ६ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
१३ साउन २०८२
तोलामा ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं, १३ साउन । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार सुन एउटै मूल्य १ लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला २ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस