कम्बोडिया पठाइदिन्छु भन्दै १० लाख ठग्ने बुद्धी बहादुर पक्राउ

अनलाइनसमय |
१३ साउन २०८२
कम्बोडिया पठाइदिन्छु भन्दै १० लाख ठग्ने बुद्धी बहादुर पक्राउ

काठमाडौं, १३ आउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–२८ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका–१ घर भएका ३४ वर्षीय बुद्धी बहादुर तामाङ रहेका छन् ।

तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका–१० बाट आइतबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस