आजको राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

अनलाइनसमय |
१४ साउन २०८२
आजको राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्ने भएका छन् ।

बुधबार दिउँसो सवा १ बजे बैठक बस्ने बैठकमा प्रधानमन्त्रीले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन)का बारेमा सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस