३ हजारको बिन्दुमा एक दिन पनि टिक्न सकेन नेप्से, कारोबार निरन्तर घट्दै

अनलाइनसमय |
१४ साउन २०८२
३ हजारको बिन्दुमा एक दिन पनि टिक्न सकेन नेप्से, कारोबार निरन्तर घट्दै

काठमाडौं, १४ साउन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार वर्ष यताकै उच्च बिन्दुमा पुगेर बन्द भयो, तर यो एक दिन पनि टिक्न सकेन । आज परिसूचक ४७ दशमलव ९३ अङ्कले घटेर २ हजार ९ सय ५४ दशमलव १४ को बिन्दुमा बन्द भएको छ । १२ बजेर ५१ मिनेटमा ३००१ को विन्दुमा रहेको परिसूचक त्यसयता घट्दै बन्द भयो । हिजो (मंगलबार) ३० दशमलव ७६ अङ्कले बढेको नेप्से परिसूचक ३ हजार २ दशमलव ०७ को बिन्दुमा कायम थियो ।

यसो त चार दिन यता लगातार कारोबारमा ह्रास आइरहेको छ । मंगलबार १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार २६ अर्ब ५७ करोड, सोमबार १९ अर्ब ३६ करोडको कारोबार भएको थियो ।
यस दिन ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर १ लाख ४१ हजार ५२० पटक किनबेच भएको छ ।

बुधबार ३२७ धितोपत्र कारोबारमा आए, जसमध्ये २२६ धितोपत्रको शेयर मूल्य घटेको छ भने २३ धितोपत्रको मूल्य बढेको छ ।

आज उपसूचकहरुमा पनि अन्य बाहेक सबै समूहका उपसूचक घटेका छन् । माइक्रोफाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै ३ दशमलव २८ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक समूहको उपसूचक ३ दशमलव २७, फाइनान्सको २.७०, होटल एन्ड टुरिजमको २.१०, जीवन बीमाको १.७६, व्यापारको १.७२, हाइड्रोपावरको १.६३ तथा बैंकिङ समूहको उपसूचक १.५५ प्रतिशतले घटेको छ ।

बुधबार सान्भी इनर्जी र ट्रेड टावको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समता घरेलु लघुवित्तको ६.७४, स्किल्स हाइ«ोपावरको ५.१६, भूगोल इनर्जी डिभलपमेन्ट कम्पनीको ३.८२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीमा ग्रीन डिभलपमेन्ट बैंक रहेको छ, यस बैंकको शेयर मूल्य ८.०४ प्रतिशतले घटेको छ । त्यस्तै, कालिका पावर कम्पनीको ६.०१, सिवाईसी नेपाल लघुवित्त तथा नादिप लघुवित्तको समान ५.४२ र स्वरोजगार लघुवित्तको ५.२६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

धेरै कारोबार भएका कम्पनीमा हिमालयन रि–इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, सिवम् सिमेन्ट, ग्रीन भेन्चर्स र नेपाल रि–इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस