गाजाको राहत संकट : लुटपाट, दोषारोपण र नियन्त्रणका लागि लडाई

अनलाइनसमय |
१४ साउन २०८२
गाजाको राहत संकट : लुटपाट, दोषारोपण र नियन्त्रणका लागि लडाई

काठमाडौं, १४ साउन । गाजामा मानवीय राहत सामग्री वितरणमा अवरोध, लुटपाट र नियन्त्रणको संघर्षले गम्भीर मोड लिएको छ । द टेलिग्राफका अनुसार इजरायली सेनाले हालै सार्वजनिक गरेको एक भिडियोले दुई जना बन्दुकधारी व्यक्तिहरूलाई राहत सामग्री बोकेको ट्रकमा लुटिरहेको देखाएको हो । भिडियोमा उनीहरू काला नकाब लगाएका छन् र कालाश्निकोभ रायफलले सशस्त्र छन् ।

इजरायली डिफेन्स फोर्सले उक्त दृश्यलाई हवाला दिँदै हमासलाई ‘राहत सामग्री लुट्ने’ र ‘नागरिकहरूसम्म पुग्न नदिने’ आरोप लगाएको छ । इजरायली सेनाको दाबी अनुसार यो भिडियो शुक्रबार खिचिएको हो ।

यद्यपि हमासले भने राहत सामग्रीमा हुने सम्भावित लुटपाट र अपराधी समूहबाट सुरक्षाको जिम्मा आफूले लिएको दाबी गरेको छ ।

विदेशी पत्रकारहरूलाई गाजामा प्रवेश निषेध गरिएकाले सत्यता पुष्टि गर्न कठिन भएको अवस्थामा यस्ता दृश्यहरू हाल युद्धको प्रचारको केन्द्र बनेका छन् ।

इजरायलले हालै अन्तर्राष्ट्रिय दबाबपछि तीन प्रमुख भीडभाड भएका क्षेत्रमा दैनिक युद्धविराम घोषणा गर्दै सुरक्षित मार्ग बनाएको छ । तर संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र इजरायलका नजिकका मित्र राष्ट्रहरूले गाजामा बढ्दो भोकमरीको प्रमुख कारण इस्रायलले दुई महिनाभन्दा बढी लगाएको पूर्ण नाकाबन्दी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस