काठमाडौं, १४ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
प्रदेशसभा सचिवालय परिसरमा आज भएको दलको निर्वाचनमा बानियाँले मख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामा तामाङलाई पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन् । बानियाँ र लामा दुवै पार्टी सभापति शरबहादुर देउवा पक्षका हुन ।
कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत ल्याउन सके । १ मत बदर भएको छ ।
१३ साउन मंगलबार आफूविरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताको हैसियत गुमाएका थिए । अविश्वासको प्रस्तावको पक्षमा २२ मत परेको थियो ।