खीर खाएर मनाइँदै साउन १५

अनलाइनसमय |
१५ साउन २०८२
खीर खाएर मनाइँदै साउन १५

काठमाडौं, १५ साउन । नेपाली समाजमा साउन १५ विशेष पर्वका रूपमा मनाइन्छ । वर्षभरिका मौसमी चलनहरूमध्ये आजको दिन खीर पकाएर खाने परम्परा विशेष रूपमा महत्त्वपूर्ण मानिन्छ । गाउँघरदेखि शहरसम्म आज घर–घरमा दूध, चामल र मसला मिसाएर स्वादिलो खीर पकाउने चलन छ ।

धार्मिक र सांस्कृतिक दुवै दृष्टिले खीर नेपाली परम्पराको अभिन्न अङ्ग हो । धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार संस्कृतमा पायस भनिने खीर सात्विक भोजनका रूपमा वैदिक ग्रन्थमा वर्णित छ, जसलाई देव तथा पितृ कार्यमा विशेष महत्वका साथ प्रयोग गरिन्छ ।

खीर खाने चलन केवल सांस्कृतिक मात्र नभई धार्मिक पक्षबाट पनि जोडिएको छ । भगवान् शिवलाई समर्पित साउन महिनामा दूध र त्यसबाट बनेका परिकार अर्पण गरिन्छ । यसैले साउन १५ मा खीर पकाएर शिवलाई चढाउने चलन समेत रहेको विज्ञहरू बताउँछन् ।

खीर विविध परिकारमा बनाइन्छ । चामलको खीर प्रचलित भए पनि मकै, गाजर, सेवई, सावधाना आदि प्रयोग गरेर विभिन्न स्वादको खीर तयार पारिन्छ । विशेषगरी साउनमा हरियो मकै पाइने भएकाले मकैको खीर पकाउने चलन पनि उत्तिकै लोकप्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस