तोलामा ८ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
१५ साउन २०८२
तोलामा ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं, १५ साउन । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन १ लाख ९४ हजार ४ रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस