३१.५० अङ्कले घटेको नेप्से २,९२२ को बिन्दुमा, कारोबार पनि घट्यो

अनलाइनसमय |
१५ साउन २०८२
३१.५० अङ्कले घटेको नेप्से २,९२२ को बिन्दुमा, कारोबार पनि घट्यो

काठमाडौं, १५ साउन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूच ३१ दशमलव ५० अङ्कले घटेको हो । यो ह्राससँगै परिसूचक २ हजार ९२२ दशमलव ६३ को बिन्दुमा बन्द भएको छ । बुधबार ४७ दशमलव ९३ अङ्कले घटेर २ हजार ९५४ दशमलव १४ को बिन्दुमा कायम थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार १६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर १ लाख ६८ हजार ५९४ पटक किनबेच भएको छ ।

बिहीबार ३१८ धितोपत्र कारोबारमा आए, जसमध्ये १९८ धितोपत्रको मूल्य घटेको छ भने ५२ धितोपत्रको मूल्य बढेको छ

कारोबार भएका १३ समूहको उपसूचकमध्ये फाइनान्स समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ । व्यापार समूहको उपसूचक सबैभन्दा धेरै २ दशमलव ४४ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ समूहको १.४४, लगानी समूहको १.३२, जीवन बीमाको १.२९, उत्पादनमुलकको १.१४ र होटल एन्ड टुरिजमको ०.९९ प्रतिशतले घटेको छ । यस दिन फाइनान्स समूहको उपसूचक भने १.१८ प्रतिशतले बढेको छ ।

बिहीबार ट्रेड टावर, नेपाल फाइनान्स, कर्पाेरेट डिभलपमेन्ट बैंक र ग्रीन डिभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सप्तकोशी डिभलपमेन्ट बैंकको ९.८६, सिन्धु विकास बैंकको ६.७४, सान्भी इनर्जीको ५.९३ र माहुली लघुवित्तको २.८१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज भूगोल इनर्जी डिभलपमेन्ट कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ७.१० प्रतिशतले घटेको छ । त्यस्तै, माई खोला हाइड्रोपावरको ५.७०, अपर सोलू हाइड्रोको ४.९४, स्वीट गंगा हाइड्रोको ४.८१ र पञ्चकन्या माई हाइड्रोको ४.२१ प्रतिशतले शेयर मूल्य घटेको छ ।,

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस