‘ट्रान्सफर्मिङ नेपालः ब्यालेन्सिङ ग्रोथ विद् इक्विटी’ नामक पुस्तक सार्वजनिक

अनलाइनसमय |
१५ साउन २०८२
‘ट्रान्सफर्मिङ नेपालः ब्यालेन्सिङ ग्रोथ विद् इक्विटी’ नामक पुस्तक सार्वजनिक

काठमाडौं, १५ साउन । नेपालका समसामयिक विकास चुनौतीह र अवसरहरूलाई समेट्दै तयार पारिएको पुस्तक ‘ट्रान्सफर्मिङ नेपालः ब्यालेन्सिङ ग्रोथ विद् इक्विटी’को विमोचन सम्पन्न भएको छ ।

ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, काठमाडौं विश्वविद्यालयका उपकुलपति अच्युत पाण्डे र पुस्तकका लेखकहरूले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तकका लेखक पुस्कर बज्रचार्यले स्वागत मन्तव्य दिँदै पुस्तकको मुख्य विषयवस्तुबारे प्रकाश पारे । उनका अनुसार पुस्तकमा नेपालको समृद्धिका लागि सामाजिक न्याय, स्वतन्त्रता, वातावरणीय संवेदनशीलता तथा जलवायु परिवर्तनका चुनौतीलाई आर्थिक वृद्धिसँग समन्वय गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस