काठमाडौं, १६ साउन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितेला १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला २ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज आज २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।