काठमाडौं, १६ साउन । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि अब १० कायम रहने भएको छ ।
केहि नेपाल ऐन संशोधनमार्फत सवारी चालक अनुमतिपत्र दिइएको मितिले १० वर्षसम्म कायम हुने व्यवस्था गरिएको हो । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।
जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।
यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र थियो । उक्त अवधि सकिएपछि चालकहरुले पुनः नवीकरण गर्दै आएकामा अबदेखि भने १० वर्षसम्म अवधि राखिएको हो।