काठमाडौं, १८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेशका केही स्थानहरु तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
आज दिउँसो सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका थोरै साथै बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै आज राती देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी भु–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।