काठमाडौं, १८ साउन । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन १ लाख ९३ हजार १०० रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला २ हजार २३५ रुपैयाँमा कारोबार भएको सुन आज २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।