घुस लिएको आरोपमा खरिदारसहित चारजनाविरुद्ध मुद्दा दायर

अनलाइनसमय |
१८ साउन २०८२
घुस लिएको आरोपमा खरिदारसहित चारजनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १८ साउन । बीस हजार घुस लिई भष्टाचार गरेको आरोपमा खरिदारसहित चारजना विरुद्ध मुद्दा दायर भएको छ ।

खरिदार रतन बहादुर जि.सी, हरिचन्द्र पाण्डे, घनश्याम तिवारी र बिचौलिया शान्ति पुनले मिलेमतोमा २० हजार रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

सरकारी साक्षीको रुपमा प्रस्तुत भएका कोहलपुर, बाँके निवासी डम्मर बहादुर बुढाथोकीले अदालतमा प्रतिकूल बयान दिएका थिए ।

अनुसन्धानपछि उनले नै उक्त रकम उपलब्ध गराएको पुष्टि भएपछि, बुढाथोकीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको मागसहित आरोपपत्र दायर गरिएको छ । बुढाथोकीले जग्गाको मोठ भिडाउने कार्यमा सजिलो बनाइदिन २० हजार रुपैयाँ घुस दिएको आयोगको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस