काठमाडौं, १९ साउन । प्रतिनिधिसभाको बैठक अब साउन मसान्तसम्म ६ दिन बस्ने भएको छ ।
सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरू र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया सहभागी बैठकमा भएको सहमतिअनुरूप कार्यव्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर तय गरेको हो । क्यालेन्डरअनुसार प्रतिनिधिसभा बैठक आज सोमबारसहित ६ दिन बस्नेछ । आजको बैठक अहिले बसिरहेको छ ।
अब साउन १९, २०, २१, २७, २८ र २९ गते बैठक बस्नेछ ।
