काठमाडौं, १९ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।
केहीबेर अघिमात्रै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । लगत्तै बानियाँले नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुखसमक्ष आज सोमबार पेस गरिएको दाबीमा ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गरिएको छ । संविधानको धारा १६८ (२) अनुसार बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधानअनुसार उनले दाबी पेस गरेका हुन् ।