काठमाडौं, १९ साउन । महोत्तरीबाट करिब ४ सय ७० किलो गाँजा सहित ट्रक चालक पक्राउ परेका छन् । रामगोपालपुर नगरपालिका–५ रामगोपालपुर चोकबाट उक्त परिमाणको गाँजासहित मकवानपुर राक्सिराङ गाउँपालिका–४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले आइतबार साँझ बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको ना.६ ख २९१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक मान बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।