यी स्थानमा आज धेरै वर्षाको पूर्वानुमान

अनलाइनसमय |
२० साउन २०८२
यी स्थानमा आज धेरै वर्षाको पूर्वानुमान

काठमाडौं, २० साउन ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ र नेपालको तराईमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले देशभर अधिकांश बदली रहेको छ । लुम्बिनी प्रदेशका अधिकांश स्थानहरुमा तथा मधेश, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएकाले सबैलाई मौसमी सूचनाको जानकारी लिन विभागले अनुरोध गरेको छ ।

May be a graphic of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस