काठमाडौं, २० साउन । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ९६ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।