वैदेशिक रोजगारसम्बन्धी विज्ञापन अब अनिवार्य रुपमा ‘श्रम संसार’ एपमार्फत प्रकाशन गर्नुपर्ने

अनलाइनसमय |
२० साउन २०८२
वैदेशिक रोजगारसम्बन्धी विज्ञापन अब अनिवार्य रुपमा ‘श्रम संसार’ एपमार्फत प्रकाशन गर्नुपर्ने

काठमाडौं, २० साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि वैदेशिक रोजगार सम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा “श्रम संसार रोजगार पोर्टल” https://shramsansar.gov.np र “श्रम संसार एप” मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

विभागले मङ्गलबार सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(३) र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ७ अनुसार आवश्यक विवरण खुलाइ राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था यथावत रहने, तर उक्त विज्ञापन अब श्रम संसार पोर्टलमा समेत अपलोड गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको जनाएको छ ।

सरकारले श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याएपछि उक्त एपबाट समेत नागरिकहरूले सजिलै विज्ञापन हेर्न सक्ने व्यवस्था मिलाइएको विभागले स्पष्ट पारेको छ ।

यदि त्यसरी विज्ञापन गरेपछि पनि आवश्यक योग्यता भएका नेपाली नागरिकबाट दरखास्त नपरेमा वा योग्य व्यक्ति छनोट हुन नसकेमा मात्र रोजगारदाताले प्रमाणसहित विदेशी श्रमिकका लागि श्रम इजाजत माग गर्न पाउनेछन् ।

उन १३ गतेदेखि लागू गरिएको यस व्यवस्था अनुसार, अनलाइनमा विज्ञापन अपलोड नगरेमा अपूर्ण ठहरिने र नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस