नेप्सेमा ४१.७८ अङ्कको ह्रास, ९ अर्बमा खुम्चियो कारोबार

अनलाइनसमय |
२० साउन २०८२
नेप्सेमा ४१.७८ अङ्कको ह्रास, ९ अर्बमा खुम्चियो कारोबार

काठमाडौं, २० साउन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१ दमलव ७८ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ८ सय ३३ दशमलव ५७ को बिन्दुमा बन्द भएको छ ।

नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । सोमबार करिब ११ अर्बको कारोबार भएकोमा आज ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर १ लाख ३० हजार ९५३ पटक किनबेच भएको छ ।

मंगलबार ३२५ धितोपत्र कारोबारमा आए, जसमध्ये २०४ धितोपत्रको मूल्य घटेको छ भने ४६ धितोपत्रको मूल्य बढेको छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये माइक्रोफाइनान्स र म्युचुअल फण्ड बाहेकका सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूहको उपसूचक २.४६ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्सको १.८५, लगानी समूहको १.७१, हाइड्रोपावरको १.६४, उत्पादनमुलकको १.६३, जीवन बीमाको १.४२, निर्जीवन बीमाको १.२०, बैंकिङ समूहको १.०८ र अन्य समूहको उपसूचक १.७६ प्रतिशतले घटेको छ ।

मंगलबार समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ४.६४, श्रीजनशील लघुवित्तको ४.२२, माहुली लघुवित्तको ३.४१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै ट्रेड टावरको ७.३५, लुम्बिनी विकास बैंकको ५.४०, अपर सोलू हाइड्रोको ४.८० र सुपर मादी हाइड्रोपावर ४.५४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार धेरै हुने कम्पनीमा हिमालयन रि–इन्स्योरेन्स, ट्रेड टावर, सिवम् सिमेन्ट, बुटवल पावर कम्पनी र ङादी ग्रुप क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस