बुधबार सामान्य घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२१ साउन २०८२
बुधबार सामान्य घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ साउन । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस