इजरायलले गाजामा सैन्य अभियान विस्तार गरे ‘विनाशकारी परिणाम’ आउन सक्ने राष्ट्रसंघको चेतावनी

अनलाइनसमय |
२१ साउन २०८२
इजरायलले गाजामा सैन्य अभियान विस्तार गरे ‘विनाशकारी परिणाम’ आउन सक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं, २१ साउन । संयुक्त राष्ट्रसंघले इजरायलले गाजामा सैन्य अभियान विस्तार गरेमा विनाशकारी परिणाम आउन सक्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका सहायक महासचिव मिरोस्लाभ जेन्काले मंगलबार सुरक्षा परिषद्लाई सम्बोधन गर्दै उक्त चेतावनी दिएका हुन् ।

‘यो कदम अत्यन्तै चिन्ताजनक हुनेछ र यसले थप प्यालेस्टिनी नागरिक र हमासले बन्धक बनाएका इजरायलीहरूको ज्यान जोखिममा पार्न सक्छ,’ जेन्काको भनाइलाई उद्वरण गर्दै बीबीसीले लेखेको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार नेतन्याहु यही साता आफ्नो सुरक्षा मन्त्रिपरिषद्सँग छलफल गर्न लागेका छन् । यस योजनाको स्वीकृति सुरक्षासम्बन्धी मन्त्रिपरिषद्ले दिनेछ, जसको बैठक बिहीबारका लागि तय गरिएको छ ।

यो योजना केही विश्लेषकले हमासमाथि वार्ताको दबाब सिर्जना गर्न बनाइएको रणनीति हुनसक्ने भन्दै नेतन्याहुको सरकारको चरम दक्षिणपन्थी गठबन्धनलाई सन्तुष्ट पार्ने प्रयास पनि हुनसक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस