काठमाडौं, २१ साउन । बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले १८८ मेगावाटको सुर्के दुधकोशी जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँबराबरको ३ करोड ६५ लाख ५९ हजार ४०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।